वन संरक्षण सबैको दायित्व : अध्यक्ष पाठक
गुगलपाटी संवाददाता हेटौंडा,२९ असोजनेपाल सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन संरक्षणमा सबैको दायित्व रहेको कुरामा जोड दिएकी छिन् ।
सामुदायिक वन स्थानीय स्तरबाटनै सञ्चालन हुने भएकोले यसको ब्यवस्थापनको जिम्मा पनि स्थानीय सरकारको मातहतमा भए वन संरक्षणमा सजिलो हुने बताइन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाठकले सामुदायीक वनलाई अझैपनि संघिय अभ्यासमा ढाल्न नसकिएको भन्दै चिन्ता ब्यक्त गरिन् ।
उनको वन क्षेत्रमा शुसासन कायम गर्नु, नेपालको सामुदायीक वनलाई विश्वमानै नमुना बनाउनु, वन क्षेत्रमा भएका छरपस्ट श्रोतलाई ब्यवस्थापन गरि उपभोक्ताको आयस्तर बढाउने क्रियाकलाप गर्नु आफुहरुको महत्वपूर्ण जिम्मेवारी भएको समेत भनाई रहेको छ ।सरकारले २०७१ सालमा स्थापना गरेको राष्ट्रपति चुरे कार्यक्रममा अर्बौ रुपैँया खर्च भएको भन्दै त्यहाको हिसावकिताव समेत सार्वजनिक गर्नुपर्ने उनको भनाई रहेको थियो । कार्यक्रले चुरो दोहन रोक्नुपर्नेमा दोहन अझ बढाएकोप्रति उनले चिन्ता समेत ब्यक्त गरिन । पत्रकार सम्मेलनमा सामुदायीक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हेटौँडा उपमहानगरपालिका अध्यक्ष शम्भुप्रसाद न्यौपाने लगायत उपस्थित थिए ।