स्थानीय पत्रपत्रिकाः कुलेखानी तेस्रोमा दुई अर्ब २० करोड बढी लगानी लाग्ने
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको कामले गती लिन थालेको समाचार छापेको छ ।
१० वर्षअघिदेखि निर्माणाधीन आयोजनाको काम सक्याउँदा अनुमानभन्दा करिब २ अर्ब २० करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ । २ अर्ब ४३ करोड लागत अनुमान गरिएको आयोजना निर्माणमा ढिलाईका कारण बढेर ४ अर्ब ६३ करोड पुग्ने अनुमान गरिएको छ ।
त्यस्तै आजको साझाकुरा दैनिकले दशैं अवधिमा मकवानपुरमा ४ सयवटा सवारीलाई कारबाही गरिएको समाचार छापेको छ । दशैंको षष्ठी अर्थात असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्मको अवधिमा मकवानपुरमा ४ सय सवारी कारबाही गरिएको जनाइएको छ।
यस अवधिमा ट्राफिकले दुई लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसअवधिमा ७ वटा दूर्घटनामा ४ जनाको मृत्यु भएको जनाइएको छ ।
आजको समृद्ध समाज दैनिकले जुगल हिमाल आरोहण खुला गर्न प्रदेश सरकारले अनुरोध गर्ने समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेशको सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहण खुला गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हिमाल आरोहण खुला गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको हो ।
तरकारीमा बिचौलिया घटाउन एकै गाउँपालिकामा सवा एक अर्ब लगानी हुँदै गरेको समाचार आजको थाहा सन्देश दैनिकले छापेको छ । मकवानपुरको मनहरी गाउँपलिकाले तरकारी तथा फलफूल खेती प्रवद्र्धनको लागि पाँच वर्षे कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ