स्थानीय पत्रपत्रिकाः हेटौंडा–काठमाडौं जोड्ने चार सडक, यात्रामा सास्ती, सहजता कम

गुगलपाटी संवाददाता
१० कार्तिक २०७५ ०१:३६

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । प्रदेश कानुन निर्माणमा ढिलाई, हेटौंडा जोड्ने चार सडक तर, यात्रामा सास्ती, फास्टट्रयाकको भौगर्भिक अध्ययन सुरु, आजदेखि थाहा महोत्सवलगायतको शीषर्कका समाार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।

आजको हेटौंडा सन्देश दैनिकले हेटौंडालाई काठमाडौं जोड्ने चार वटा सडक सञ्जाल रहे पनि यात्रामा भने सधँै सास्ती खेप्नु परिरहेको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । हेटौंडाबाट काठमाडौं आवतजावत गर्न चारवटा सडक चल्तीमा छन् ।

त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, कान्तिलोकपथ र हेटौंडा–कुलेखानी सडक चालु अवस्थामा रहेको छ । अरु तीनवटा सडकको तुलनामा हेटौंडा–कुलेखानी काठमाडौं सडक छोटो भएकाले यात्रुको आवतजावत यसै सडकबाट बढी हुने गर्दछ । तर, यात्रामा भने सहजता छैन ।

आजको साझाकुरा दैनिकले ३ नम्बर प्रदेशले कानुन निर्माणमा ढिलाई गरेको समाचार छापेको छ । फास्ट ट्रयाकमा कानुन बनाउने घोषणा गरेको प्रदेश सरकारले ८ महिनाको अवधि बितिसक्दा पनि कानुन निर्माणलाई तीव्रता दिन सकेको छैन । सयवटा कानुन आवश्यक हुनेमा हालसम् १९ वटा कानुन मात्र कार्यान्वयनमा आएका छन् ।

समृद्ध समाज दैनिकले गाउँमा मिस नेपाल शृङ्खला खतिवडाले स्वास्थ्य शिविर सञ्चालन गरेको समाचा पहिलो पृष्ठमा छापेको छ । मिस नेपाल खतिवडाको अगुवाईमा शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका–७ ताम्लाङमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ