बारामा कोल्भी गोल्डकप शुरु

अशेष ढुंगाना कोल्भी(बारा)
१५ चैत्र २०७४ १२:३०

जनशक्ति कल्ब कोल्हवीको आयोजनमा प्रथम कोल्हवी गोल्डकप २०७४ बिहीबारबाट शुरु भएको छ ।
प्रथम कोल्हवी गोल्डकपको पहिलो दिनको उद्घाटनमा एपिएफ पिलुवा बिच एफसि बैंखरी महोतरीबीच खेल भएको छ । जनशक्ति कल्ब कोल्हवी ( आयोजक ), नेपाल पुलिस भरतपुर, एफसि हेटौडा, निजगढ युवा कल्ब , बिरगंज युथ कल्ब , नव जन जागृति कल्ब सिमरा, एफसि बैंखरी महोतरी, बिएफसि भरतपुर , लहान ११ तथा बारा ११ गरी प्रथम कोल्हवी गोल्डकपमा १० वटा टिम सहभागी भएकोे आयोजकले जनाए ।
प्रतियोगिताको कोल्भी नगरपालिकाका मेयर भरत भण्डारीले उद्घाटन गरेका हुन् ।

प्रथम पुरस्कारको राशी एक लाख पचास हजार तथा दोस्रो पुरस्कारको राशी ७५ हजार रहेका आयोजक कल्बका अध्यक्ष त्रियोगी प्रसाद राउत थारुले बताए । साथै प्रथम गोल्डकपको प्रमुख अतिथी बाराको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उमाकान्त चौधरीले उद्घाटन गर्ने भएका छन् ।

गोल्डकपमा प्रवेश शुल्क २० रुपैया निर्धारण गरीको समेत आयोजकले जानकारी दिए । साथै बिधार्थीलाई ५० प्रतिश्त छुट गरेको छ । भने महिला तथा बृद्धबृद्धालाई गोल्डकपमा निः शुल्क प्रवेश गराईने वातावरण मिलाएको छ । गोल्डकपमा आयोजकले २० हजार दर्शक भित्राउने अनुमान गरेको छ ।