सुरक्षित बचतमा पुनः अर्याल
गुगलपाटी संवाददाताहेटौंडा–हेटौंडा–४ मा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज अर्याल चयन भएका छन् ।
शनिबार भएको आठौं वार्षिक साधारणसभाबाट अर्याललाई पुनः अध्यक्षमा चयन गरिएको हो । जसको उपाध्यक्षमा बद्रीनाथ शर्मा, सचिवमा धिरेन्द्रप्रसाद ढुङ्गाना, र कोषाध्यक्षमा छतेन्द्र आचार्य चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा हरि कोइराला, हरिकुमार शर्मा लामिछाने, पवि शर्मा, केन्द्र गोविन्द जोशी, सीताकुमारी श्रेष्ठ, उदयनारायण श्रेष्ठ, नवराज थपलिया र अन्जु रानाभाट चयन भएका छन् ।
यसैगरी लेखासमितिको संयोजकमा शंकरप्रसाद अधिकारी र सदस्यहरुमा नीता अर्याल र हरि कोइराला चयन भएका छन् ।