प्रदेश ३ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु
गुगलपाटी संवाददाता हेटौंडा,११ कात्तिकप्रदेश नम्बर ३ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । प्रहरी प्रधान कार्यालयको आयोजना एवं ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयोजनमा हेटौँडामा एक कार्यक्रमकाबीच आइतबारबाट कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सरकार एक्लैले सबै काम गर्न नसक्ने भएकाले शान्ति सुरक्षा कायम गर्न समुदायसँग प्रहरी अभियान ल्याइएको बताए । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून सचिव राजकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दिपककुमार थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा मकवानपुरका चार वटा गाउँपालिकासंग कार्यक्रम संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।