प्रदेश नंबर ३ : मन्त्रीपरिषदको बैठक सम्पन्न
गुगलपाटी संवाददाता हेटौँडाप्रदेश नंबर ३ को मन्त्रीपरिषद बैठक आज हेटौँडामा सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौँडामा भएको बैठकले यस अघि छलफल गरि पारित गरिसकेको सस्थानीय तह सेवा सुविधा सम्वन्धी ऐनलाई थप परिमार्जन गर्दै आजै प्रदेशसभा सचिवालयमा दर्तागर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।
बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री ढुंगेलले भने “स्थानीय तहको सेवा सुविधा ऐनमा केहि परिमार्जन भएको छ” उनले सांसदमा उठेका राजधानीको विषयलाई प्रक्रिया अनुसार गरिने समेत बताए ।
मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले मुख्य मन्त्री तथा मन्त्रीहरुको सेवा सुविधाको विषयमा समेत सैद्धान्तिक सहमति गरेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रीहरुले के कस्ता सेवा सुविधाहरु हुने भन्ने विषयमा छलफल भएको उनको प्रवक्ता ढुंगेलको भनाई रहेको थियो ।