स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री अब विद्युतीय जीपमा सरर

गुगलपाटी संवाददाता
१४ कार्तिक २०७५ ०१:३१

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–काठमडौं रुटमा सञ्चालन हुने सुमो जोर बिजोर प्रणालीमा चल्ने, फेसबुक दुरुपयोगले महिलामा परेको पीडा, मुख्यमन्त्री विद्युतीय रेलमा चढ्ने, राजनीतिमा युवालाई प्रयोग मात्र गरिएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको भनाइलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुवाईंदै गरेको समाचार पनि छापिएको छ ।
मुख्यमन्त्री विद्युतीय जीपमा
पेट्रोलियम पदार्थमा आधारित सवारी साधन पूर्ण प्रतिवबन्ध लगाउने घोषणा गरेको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल अबको केहीदिनभित्र विद्युतीय जीपमा चढ्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जीप खरिद गरी मुख्यमन्त्रीलाई चढ्ने व्यवस्था मिलाउन लागेको हो । प्रदेश सरकारले २०८५ वैशाख १ गतेदेखि काठमाडौंलगायत प्रदेशका मुख्य सहरमा पेट्रोलबाट चल्ने सवारी साधन बन्द गर्ने घोषणा गरिसकेको छ । सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्रोत्साहन दिन रवातावरणमैत्री बनाउनको लागि मुख्यमन्त्रीबाट अभियान थालनी हुन लागेको हो । आजको हेटौंडा सन्देशले पहिलो पृष्ठमा समाचार छापेको छ ।
त्यस्तै आजको साझाकुरा दैनिकले सडक अवरुद्ध गर्नेलाई कारबाही गरिने मुख्यमन्त्री पौडेलको

भनाइसम्बन्धी प्रसङ्गलाई पहिलो पृष्ठमा छापेको छ । हेटौंडा–सिस्नेरी–काठमाडौं सडक कुनै पनि बहानामा बन्द गरिने तत्काल कारबाही गरिने चेतावनी दिए ।

आजको समृद्ध समाज दैनिकले राजनीतिमा युवाको चासो आवश्यक भन्ने रविन्द्र मिश्रको भनाइलाई प्रमुख समाचार बनाएको छ । त्यस्तै प्रदेश दैनिकले पनि विवेकशील साझा पार्टीका संयोजक मिश्रकै भनाइलाई पहिलो प्राथमिकतामा छापेको छ । हेटौंडा–काठमाडौं चल्ने सुमोहरु जोर बिजोर प्रणलीबाट चल्ने पनि प्रदेश दैनिकले छापेको छ ।

हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ