एघार महिनामा साढे १४ सय दुव्र्यसनी पक्राउ

गुगलपाटी संवाददाता न्होम पेन्ह कम्बोडिया, १५ मङ्सिर
१६ मंसिर २०७५ ०८:२७

कम्बोडियामा लागू औषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ ।
गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन् ।

आन्तरिक मामिला मन्त्रालयको लागू औषध विरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये आठ हजार २२२ जना लागू औषध ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् ।
त्यसैगरी पक्राउ पर्नेमा विदेशी पनि रहेका छन् । पछिल्लो विवरणअनुसार विदेशीमा १८ देशका २४२ जना रहेका छन् ।  (रासस/सिन्ह्वा)