प्राकृतिक स्रोतमाथि महिलाको पहुँच बृद्धि नभएसमम्म हिंसा : पाठक

गुगलपाटी संवाददाता हेटौंडा,२२ मंसिर
२२ मंसिर २०७५ ११:४९

सामुदायीक वन उपभोक्ता महासंघ (फेकोफोन) नेपालकी अध्यक्ष भारती पाठकले आर्थिक उपार्जनको क्षेत्रमा महिलाको उपस्थिती नबढेसम्म हिंसा जारी रहने बताएकी छिन् । १६ दिने महिला हिंसा बिरुद्धको अभियान अन्गर्तत शनिबार हेटौंडामा फेकोफोन तीन नम्बर प्रदेश समितिले आयोजनना गरेको र्यालीपछि कोणसभामा बोल्दै उनले प्राकृतिक स्रोतमाथि महिलाको पहुँच बृद्धि नभएसम्म महिला हिंसा अन्त्य नहुने बताएकी हुन् ।
साथै उनले हरेक संरचना महिला मैत्री हुनुपर्नेमा जोड दिइन् । सामुदायीक वन उपभोक्ता समितिको हरेक समितिमा महिला माथि हुने हिंसा अन्त्यसँगै महिलाको समान सहभागिताको लागि दबावमुलक कार्यक्रमहरु पनि आयोजना गरिरहेको अध्यक्ष पाठकले बताइन् ।
कोणसभामा फेकोफोनका महासचिव बिर्ख बहादुर शाही, तीन नम्बर प्रदेश अध्यक्ष बिनोद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मवानपुरका अध्यक्ष बद्रि लम्साल, गैह्र सरकारी संस्था महासंघ मकवानपुरका भारती पाठक लगायतले बोलेका थिए ।