निमेषको संयोजकत्वमा सर्जक सञ्जाल गठन

हेटौंडा २३ मंसिर
२३ मंसिर २०७५ ००:२०

मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक संस्थाहरुलाई समेटेर सर्जक सञ्जाल मकवानपुर गठन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

श्निबार हेटौंडा–१८ गुम्बाडाँडामा आयोजित साहित्यिक वनभोज कार्यक्रमकाबीच सञ्जाल गठन गरिएको हो । सञ्जालको सदस्यमा प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, युग दर्पण साहित्य समाजका कुमार प्रसाद अधिकारी, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, बासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजाल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, श्यामप्रसाद शर्मा स्मति प्रतिष्ठानका ऋषिराम पोखरेल र भीम बिराग साहित्य कला प्रतिष्ठानका आशाकाजी श्रेष्ठ रहेका छन् ।

साथै भेलाले मकवानपुरका लेखक साहित्यकारलाई समेटेर साहित्यिक हितकोष स्थापना गर्ने निर्णय पनि गरिएको छ । नवगठित सञ्जालले साहित्य हितकोष स्थापनाको लागि पुस मसान्तभित्र कार्यविधि बनाइने सञ्जालका सदस्य दीपक गौतमले जानकारी दिए ।