ईसाइ समाजले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

गुगलपाटी संवाददाता हेटौंडा
१६ चैत्र २०७४ १३:५०

मकवानपुर ईसाइ अावाजले संविधानमा भएकाे बिभेदकारी धाराहरू संसाेधन गर्न माग गर्दै प्रदेश ३ का मुख्यमन्त्री डाेरमणि पाैडेललाई ज्ञापनपत्र बुझाएकाा छन् ।  नेपालको संविधानको धारा २६ को उपधारा ३ संससोधन गर्नु लगायत ६ बुँदे माग पत्र मुख्यमन्त्रीलाई बुझाएको अध्यक्ष आवाजका अध्यक्ष रामकृष्ण पन्तले बताए ।
ज्ञापनपत्रमा हरेक वडा र गाउँपालिका र नगरपालिकामा समाधि स्थालको उचित व्यवस्था गर्नुपर्ने, विषेश अधिकार प्राप्त शक्तिशाली उच्चस्तरिय ईसाई धार्मिक आयोगको व्यवस्था गर्नुपर्ने, सबै धार्मिक समुदायहरुलाई समानरुपमा आआफनो स्वतन्त्रता अस्तित्वमा रहि चल अचल सम्पतिको संरक्षण तथा धार्मिक कार्यहरुको लागि आवश्यक निति नियम बनाई तर्जुमा गर्ने, मुलुकी एैन २०७४ (फौजदारी अपराध संहिता) संसोधन धार्मिक स्वतन्त्रतामा माथि प्रत्यक्ष वन्देज लगाईने दफाहरु सम्सोधन गर्नुपर्ने, धर्मपरिवर्तन कसुरलाई जगन्य अपराधकै रुपमा राखिएको हुँदा सो उपदफा हटाउनु पर्ने लगायतको माग रहेको छ ।
सो मागलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ईसाई धर्मालब्वीहरुको समस्या आफुले बुझेको बताउदै ईसाई धर्मालम्बीको हकहितको लागि राज्यको तर्फबाट परिवर्तन गर्नसक्ने नियम कानुन परिर्वत गर्र्नेे बताए ।
मुख्यमन्त्री पौडललाई अभिनन्दन
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमसणि पौडलेलाई मकवानपुर ईसाई आवाजले अभिनन्दन गरेको छ । मकवानपुर १(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक भेट गर्दै इसाई समाजले मुख्यमन्त्री पौडेललाई अभिनन्दन गरेको हो । उक्त कार्यक्रममा ईसाई आवजमा उपाध्यक्ष विष्णु राम प्रजा, उपाध्यक्ष निमाडोल्मा आचार्य,बरिष्ठ पाष्टर ऋषिराम आचार्य लगाएतको उपस्थिती रहेको थियो  ।