स्थानीय पत्रपत्रिकाः किन अस्तव्यस्त प्रदेश राजधानी

गुगलपाटी संवाददाता
२६ मंसिर २०७५ ०१:३९

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशको राजधानी पछिल्लो समय अस्तव्यस्त बन्दै गएको समाचार प्रमुखताका साथ छापेको छ । कुनै समय मुलुकै सफा, सुन्दर र व्यवस्थित सहरको पहिचान बनाएको हेटौंडा अहिले अव्यवस्थित सहरको रुपमा चिनिन थालेको छ । प्रदेश ३ को राजधानीसमेत रहेको हेटौंडालाई साँघुरो सडकले दशकदेखि धोका दिइरहेको अवस्थामा सवारी साधनको अधिक चाप र बजार नबढ्दा दिनानुदिन अस्तव्यवस्त बन्दै गइरहेको छ । २५ मिटर सडक विस्तार पनि चर्चामै सीमित हुँदा सडक साँघुरो हुन थालेको छ । फुटपाथमा दुइ पाङ्ग्रे सवारी पार्किङ गरिँदा पैदलयात्रु सडकबाट हिँड्न बाध्य छन् ।
आजको साझाकुरा दैनिकले सरकारले गत मंसिर ११ गते सार्वजनिक गरेको सामाजिक सुरक्षा कार्यक्रममा सरकारकै योगदान नरहेको रोजगारदाताले बताएको समाचार छापेको छ । सामाजिक सुरक्षा कोषले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रमममा मकवानपुरका रोजगारदाताले सरकारले पनि कोषमा केही प्रतिशत रकम जम्मा गरिदिनुपर्ने धारणा राखेका हुन् ।
सामाजिक सुरक्षा कार्यक्रमले सबै श्रमिकलाई समेट्नुपर्ने ३ नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलको भनाइसम्बन्धी प्रसङ्गलाई प्रदेश दैनिकले प्रमुख समाचार बनाएको छ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रममा प्रदेशकै मन्त्री शालिकराम जम्कट्टेलले आशंका व्यक्त गरेको समाचार आजको समृद्ध समाज दैनिकले छापेको छ । मन्त्री जम्कट्टेलृ अनौपचारिक र असंगठित क्षेत्रमा रहेको मजदुरलाई समेट्न कठिन रहेको भनाइ राखे ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ