सशस्त्र समूहले आज हतियार बुझाउँदै
गुगलपाटी संवाददातातराई मधेशमा सशस्त्र विद्रोह गर्दै आएको सशस्त्र समूहले सरकारलाई हतियार बुझाउने भएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी अविनाश समूहले आज बुधबार सरकारी वार्ता टोली र स्थानीय प्रशासनमा हतियार बुझाउने कार्यक्रम तय भएको छ ।
जयकृष्ण गोइतबाट बिद्रोह गरेर केही समयअघि बाहिरीएको अविनाश समूहले शान्ति प्रक्रियाका लागि सरकारको आह्वान अनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी समक्ष हातहतियार र बिस्फोटक पर्दाथ बुझाउन थालेको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको निवासमा बुधबार साँझ ४ बजे हतियार बुझाउने तय भएको छ। प्रजिअ पौडेलले गोइतको १५ सदस्यीय कार्यसमितीमा रहेका ११ जना अविनाश समुहमा गएको बताए ।
उनले मधेशमा सक्रिय समूह शान्ति प्रक्रियामा आउने भनेपछि आवश्यक सबै प्रवन्ध मिलाएको बताए । ‘‘समूहका ५–६ जना हतियार बुझाउन आउने भन्ने जानकारी आएको छ, सबै व्यवस्था गरेका छौं ।’ प्रजिअ पौडेलले भने।