पत्रकारको तलब ५० प्रतिशत बढाउन माग
गुगलपाटी संवाददातानेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने लगायतका १६ बुँदे मागसहित सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सरकारले पत्रकारको तलब २५ प्रतिशतले वृद्धि लगायतका महत्वपूर्ण कामहरु गरेको उल्लेख गर्दै महासङ्घले राखेका मागलाई सम्बोधन गर्नका लागि आफूले सक्दो प्रयास गर्ने बताए।