स्थानीय पत्रपत्रिकाः गोरुसँगै गाई पनि तस्करी
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित दैनकि पत्रिकाले गोरुसँगै गाई पनि हेटौंडा हुँदै बंगलादेशसम्म पुग्ने गरेको रहस्य सार्वजनिक भएको, सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिला नै बढी, हाँडीखोलामा क्रिष्टियनहरुको खुलेआम धर्म प्रचार, प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीचको भेटवार्तालगायतको समाचार प्रमुख प्राथमिकताका साथ छापिएका छन् ।
आजको साझाकुरा दैनिकले बंगलादेशतर्फ गोरुसँगै गाई पनि तस्करी हुने गरेको रहस्योदटन भएको समाचार छापेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोरु बोक्ने ट्रक नियन्त्रण गर्ने क्रममा गाई पनि भेटिएपछि यस्तो रहस्योद्घाटन भएको लेखेको छ ।
पथलैयाबाट हेटौंडातर्फ आइरहेको ना ६ ख २०८१ नम्बरको ट्रकमा जाँच गर्दा गोरुसँगै गोरुसँगै गाई पनि राखेर बंगलादेशतर्फ लैजान लागेको खुलेको हो ।
आजको हेटौंडा सन्देश दैनिकले सम्बन्ध बिच्छेदको लागि महिला नै बढी मुद्दा हाल्ने गरेको तथ्य सार्वजनिक गरेका छन् । उनी मकवानपुर जिल्ला अदालत कार्यालयमा बुधबार फाइल बोकेर मलिन मुहारमा स्रेस्तेदार केशब कौशिकको कोठामा छिरिन ।
३५ वर्षीया ती महिला सम्बन्ध विच्छेदको लागि छिरेकी थिइन् । भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू भएपछि पुरुष पनि सोझै सम्बन्ध विच्छेदको लागि जान सक्ने व्यवस्था गरिए पनि पुरुषको तुलनामा सम्बन्ध बिच्छेदको मुद्दा हाल्नेमा महिला नै अघि छन् ।
समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशभर ४६ वटा प्रहरीको भवन बन्दै गरेको समाचार छापेको छ । आत्रिक मामिला तथा कानु मन्त्रालयको आयोजनामा बिहीबार भएको प्रदेशभित्रको प्रहरीको भवन निर्माण कार्यक्रम सम्बन्धमा भएको समन्वय बैठकबाट भवन निर्माणका लागि बिहीबार नै अख्तियारीसमेत दिइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले भवन निर्मँण गर्न प्रहरीलाई नै जिम्मा दिइएको बताए ।
मकपवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोलामा क्रिष्चियनहरुले खुलेआम धर्म प्रचार गर्दै हिँडेको समाचार आजको प्रदेश दैनिकले छापेको छ । एक हप्ताअघिदेखि २५ जनाको समूह बाइबल बोकेर आफ्नो धर्म मान्न आग्रह गर्दै घरघर पुगिरहेका छन् । यसरी धर्म प्रचार गर्नु कानून विपरित हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले त्यस्तो कायए गर्नेलाई कारबाही गरिने बताए ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ