मकवानपुरका चार सहकारी ब्रान्डेड

गुगलपाटी संवाददाता
२९ मंसिर २०७५ ०१:४३

नेपालका २१ सहकारीले पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) पाउँदा मकवानपुरका चार सहकारीले ब्रान्ड पाएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बिहीबार प्रकाशन गरेको आब २०७५/०७५ को अन्तिम परीक्षणको नतिजाअनुसार मकवानपुरका महिला अभियान साकोस, महिला जनचेतना साकोस, मसला जागरण साकोस र महिला मिलन साकोसले प्रोवेशन ब्रान्ड पाएका हुन् ।

नेफ्स्कुनले सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताको लागि नेपालस्तरको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गर्दै आएको छ ।

यसवर्ष प्रोवेशन गराउने ३१ सहकारी संस्थामध्ये २१ वटाले मात्र प्रोवेशन पाएका हुन् । ती सहकारीले १ वर्षको लागि मात्र ब्रान्ड पाएका हुन् ।

आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।