राष्ट्रिय खेलकुदमा मकवानपुरका १६ खेलका खेलाडी सहभागी हुँदै
गुगलपाटी संवाददातापाँच नं प्रदेशका विभिन्न जिल्लामा आगामी माघको अन्तिममा आयोजना हुने आठौ राष्ट्रिय प्रतियोगिताका लागि मकवानपुरवाट १६ खेलका खेलाडीहरु सहभागि हुने खेलकुद विकास समितिले जनाएको छ ।
जस मध्ये १३ खेलका खेलाडीहरु छनौट भई सकेको जनाएको छ । फुृटबल, भलिवल र क्रिकेटको पहिलो चरणको छनौट सकिएको छ । यस्तै गरि कराते,उसु, फुृलकन्ट्याक्ट कराते, व्याडमिन्टन, वास्केटवल,टेवलटेनीस,वक्सिङ,जुडो र एथलेटिक्सका खेलाडीहरुको छनौट सकिएको समितिका अध्यक्ष माधव तिमल्सिनाले जनाएका छन ।
तेक्वान्दोमा विवाद भएकाले परिषदले नै छनौट नगर्न निर्देशन दिएको छ भने हक्कीको जिल्ला टीम नै प्रदेशको टीम हुने तथा कव्वडी र वुद्धिचालको छनौट एक दुई दिन मा नै गरेर अन्तिम नामावली परिषदमा पठाउने तयारी भएको समिति प्रमुख राजन दाहाल खुशराजले वताएका छन ।