गुम्बाडाँडामा बुद्ध मुर्ती बनाउन १६ लाख सहयोग प्राप्त

गुगलपाटी संवाददाता
१ पुष २०७५ ११:५२

हेटौंडाको हर्नामाडीस्थित गुम्बाडाँडामा बुद्धको मुर्ती स्थापनाको लागि सहयोग जुट्ने क्रम बढेको छ । २५ फिट अग्लो बुद्धको मुर्ती स्थापनाको लागि काठमाण्डौंका स्थानीयबासीले १६ लाख ४० हजार रुपैयाँ संकलन गरी बुझाएको शान्तिको अग्रदुत बुद्ध मुर्ती स्थापना समिति मकवानपुरका संयोजक कमलचन्द्र सुमनले बताए ।
बुद्ध मुर्ती निर्माण तदर्थ समिति काठमाण्डौंले सहयोग रकम जुटाएको उनले जानकारी दिए । ढुङ्गाको मुर्ती निर्माण गरी स्थापना गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ । थप रकम जुटाउन बिभिन्न क्षेत्रसँग पहल भइरहेको संयोजक सुमनले बताए ।