बागमती गाउँपालिकामा नकआउट फुटबल सुरु

गुगलपाटी संवाददाता
२ पुष २०७५ ००:३१

हेटौंडा–मकवानपुरको बागमती गाउँपालिकामा आइतबारबाट नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

क्रिसमसको अवसरमा बागमती गाउँपालिका –१ रामपुरमा नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो । छिमेकी स्पोस्र्टस् क्लव बागमती १ माझगाउँद्धारा आयोजित प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ ।

क्लवका अध्यक्ष आनन्द राईको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामा, नेकपाका जिल्ला नेता कमानसिं पाख्रिन, विवेक राई, जीवन गोले, बागमती गाउँपालिका खेलकुद समिति अध्यक्ष अरुण बल, १ नम्बर का वडा अध्यक्ष ठगेन्द्र वाइबा, २ नम्बर वडा अध्यक्ष जगतबहादुर भ्लोनलगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको बिजेताले ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् भने उपबिजेताले नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।