स्थानीय पत्रपत्रिकाः अर्कैसँग सल्किएको भन्दै पत्नीको हत्या, छोरीलाई पनि घाँटी निमोठ्ने निष्ठुर बाबुको चर्चा
गुगलपाटी संवाददाताआफ्नी जीवनसाथी । जीवनभरको एकअर्काको सारथी । सानो घरायसी विवादमै निर्मतापूर्वक हत्या गर्न कुन मनले मान्यो ? कुन आक्रोश उत्पन्न भयो ? त्यसो त पत्नीलाई त झगडा हुँदा हत्या ग¥यो तर, ती बिचरा एक वर्षीषा बालिकाको के दोष ? जसलाई आफ्नै बाबुले बिना दोष घाँटी निमोठेर मारे र खोलामा फालिदिए ।
हेटौंडामा गत मंसिर महिनादेखि डेरा लिई हेटौंडा–१९ स्थित नेवारपानीमा तारजालीको काम गर्ने २६ वर्षीय महम्मत रमजान मियाँ दर्जीले आफ्नी पत्नी र छोरीको हत्या हत्या गरेको सम्बन्धी प्रसङ्ग आज हेटौंडाबाट प्रकाशित सबै प्रमुख समाचार बनाएर छापेको छ ।
भारतको बिहारस्थित मोत्तिहारी घर भएका २६ वर्षीय महमद रमजान मियाँ दर्जी (श्रीमान) र उनका भाई अरमान मिँयाले आफ्नै श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।
महमद रमजानले नेपाल गएर काम गर्ने भन्दै श्रीमती र छोरीसहित उनका भाई अरमानलाई लिएर मंसिर ५ गते हेटौंडा आएका थिए । हेटौंडा–५ पिप्लेमा डेरा गरी बस्ने महमद कबाड र लेबर काम गर्दै आइरहेका थिए । हेटौंडामा परपुरुषसँग लागेको शंकामा दाजुभाईले हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
भाई अरमान नेवारपानीस्थित तारजाली बनाउने उद्योगमा काम गर्थे । मंसिर १७ गते मृतक महिलाका बाबुआमा आएको भन्दै भेटाउने बहानामा अटोमा नेवारपानी पु¥याएर खोलामा उनीहरुको हत्या गरेको स्वीकार गरेका छन् ।
दाजु महमद र भाई अरमानले योजनाबद्ध ढंगले भारतीय नागरिक २५ वर्षिया लालमुन खातुन (श्रीमती) र १ वर्षिया छोरी रोशन खातुनको राप्ति खोला किनारमा कपडाले मुख थुनेर हत्या गरे । श्रीमतीको हत्या गरेपछि छोरीलाई जिउँदै राख्दा घटना बाहिर आउने डरले छोरीको पनि घाँटी थिचेर हत्या गरेको महमदले स्वीकारे ।
प्रहरीले महिलाको गोजीमा भएको फोन डायरीको आधारमा अभियुक्त श्रीमान महमदलाई हेटौंडामै लुकीछिपी बसेको अवस्थामा मंसिर २९ गते पक्राउ गरेको थियो ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ