पृथकसोचको आशंका: ‘तिम्ले बाचा तोड्यौ भने!’
गुगलपाटी संवाददाता
हेटौंडेली शब्द संकलक रामशरण पृथकसोचले नयाँ आधुनिक गीत सार्वजनिक गरेका छन् । गायिका बबिना भट्टराई र गायक जगदीश समालको स्वरमा सजिएको ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यसअघि लोक तथा आधुनिक गरी दर्जनौं गीत रचना गरेका पृथकसोचले यसपटक मार्मिक आधुनिक गीत लेखेका हुन् । पृथकसोचको गीतमा नारायण सुवेदीले संगीत भरेका छन् ।
अनु र असोकले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन केदार धितालले गरेका हुन् । हाइलाइट्स नेपालले उक्त भिडियो युट्युबमार्फत बजार ल्याएको हो ।
भिडियो हेर्न यस लिंकमा क्लिक गर्नसक्नुहुनेछ ।