एक लाखले अवलोकन गरे मनहरी महोत्सव
गुगलपाटी संवाददाताहेटौंडा–मंसिर २१ गते शुक्रबारबाट सुरु भएको चौथो मनहरी महोत्सव सकिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समिति मनहरीको आयोजनामा सञ्चालन भएको महोत्सवको सोमबार औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो ।
उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्रका अध्यक्ष गोविन्द रिजालको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यता महोत्सवको समापन गरिएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महिला नेतृ बिष्णु ओझा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव करिब एकलाख जना भन्दा बढीले अवलोकन गरेको आयोजकले दावी गरेको छ । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको साझा महोत्सवको रुपमा आयोजना गरिएको भनिएको चौथो मनहरी महोत्सवमा २५० स्टल राखिएको थियो ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विषेश प्रश्तुती रहेको थियो ।