नयाँ वर्षको अवसरमा हेटौंडामा खाना महोत्सव हुने

गुगलपाटी संवाददाता
५ पुष २०७५ ००:२७

हेटौंडा– होटल एशोसिएसन मकवानपुरले आयोजना गर्दै आएको खाना महोत्सवको नवौं संस्करण यही पुष १३ देखि १५ गतेसम्म हुने भएको छ ।

इस्वी सम्बत् नयाँ बर्षको अवसरमा आयोजना हुँदै आएको खाना महोत्सव यो पटक भूटनदेवी स्कूलको चौरमा हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन मार्फत यसअघि ‘सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना गर्दै आएको खाना महोत्सवलाई यो बर्षबाट परिमार्जन गरिएको जानकारी दिएको छ ।

यसअघि सीमाचोकदेखि बुद्धचोकसम्मको स्थानमा खाना महोत्सव आयोजना हुँदै आएको थियो । प्रदेशको अस्थायी राजधानीको रुपमा रहेको हेटौंडामा सवारी एवम् मानिसको चाप बढेकोले सडकमा महोत्सव गर्ने अवस्था नरहेको आयोजक होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्माले जानकारी दिए ।

महोत्सवमा करिब ५० वटा खानाको स्टल रहने महासचिव शंकरलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार खाना महोत्सवको लागि ६ लाख रुपैँया खर्च हुनेछ,,