सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौं पनि हल्लियो
गुगलपाटी संवाददातासिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।
४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।
२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
२०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो । यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।