कम्युनिष्ट मिसन पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमाः पुलामी

गुगलपाटी संवाददाता
९ पुष २०७५ ०७:५४

 प्रदेश नं. ३ मकवानपुर ।
प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) जनताले दिएको जनमतको मात्र नभइ कम्युनिष्ट मिसन पनि पुरा गर्नुपर्ने बताएका छन् । नेकपा वागमती गाउँपालिका वडा नम्बर ४ र ५ को संयुक्त आयोजनामा भएको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पुलामीले जनमतसँगै कम्युनिष्ट मिसन पुष्टि गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पुलामीले असजिलो भित्र सजिलो देख्दै नयाँ नेपाल निर्माणमा लाग्नु पर्ने उल्लेख गरे । उनले स्थानीय, प्रदेश र केन्द्रसरकारको कार्यक्रम तथा योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपाका जिल्ला नेता कमानसिं पािख्रन (पृथक), अनराज जर्घामगर, ज्ञानसागर ब्लोन, जयबहादुर वाइवा, मंगल रखाल, शर्मिला विक, अरुण बल, किरण माझी, गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, ४ नम्बर वडा अध्यक्ष रहरमान थिङलगायतले प्रशिक्षण तथा अन्र्तक्रियामा मन्तव्य व्यक्त गरेका थिए । नेकपाका स्थानीय नेता ज्ञानबहादुर पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विजय ब्लोनले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य डियन डिजन लामाले गरेका थिए ।