हेटौंडा अटोमोबाइल्सको अध्यक्षमा सापकोटा चयन
गुगलपाटी संवाददाताहेटौंडा–हेटौंडा अटोमोवाइल्स एशोसिएसनको अध्यक्षमा सागर सापकोटा चयन भएका छन् । शनिबार भएको एशोसियसनको १९ औं वार्षिक साधारणसभा तथा नवांै अधिवेशनबाट सापकोटाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा दामोदरप्रसाद अटल, उपाध्यक्षमा ऋषिकुमार ढकाल, महासचिवमा धर्मराज धिमाल, सचिव दिपेन्द्र उप्रेती र कोषाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ चयन भएका छन् । हेटौंडा अटोमोवाइल्स एशोसिएसन अध्यक्ष सुदेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटो मोवाइल एशोसिएसनका उपाध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद काफ्ले, हेटौंडा–१० नम्वर वडा सदस्य धर्म बस्नेत, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङका अध्यक्ष आनन्दराम पौडेल, मकवानपुर विद्युतीय व्यवसायी संघका अशोक गुप्ता, एशोसिएसनका निर्वतमान अध्यक्ष नारायणप्रसाद कँडेल, पूर्व अध्यक्ष रामप्रसाद कँडेललगायतको आतिथ्यतो थियो ।