हेटौंडाका कम्प्युटर इन्सिच्यूटलार्ई होलोग्राम

गुगलपाटी संवाददाता
२३ पुष २०७५ ००:०३

हेटौंडा– कम्प्यूटर एशोसिएसन महासंघ मकवानपुरले जिल्लामा रहेका ९ वटा कम्प्यूटर शिक्षा अध्यापन गराउने इन्सिच्यूटहरुलाई ‘होलोग्राम’ वितरण गर्ने भएको छ ।

आईतबार पत्रकार सम्मेलनमार्फत ९ वटा इन्सिच्यूटलाई ‘होलोग्राम’ वितरण गर्ने जानकारी दिएको हो । मकवानपुरमा रहेका १२ वटा कम्प्यूटर अध्यापन गराउने इन्सिच्यूटहरुमध्ये ९ वटाले मात्र होलोग्राम प्राप्त गर्ने क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले जानकारी दिए ।

होलोग्राम प्राप्त गर्ने शैक्षिक संस्थालाई सोमबारबाट वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । होलोग्राम प्राप्त गरेका शैक्षिक संस्थाहरुले आफ्नै कोर्ष डिजाईन गर्नुपर्ने, नियमित परीक्षा सञ्चालन गर्नुपर्ने अध्यक्ष पुडासैनीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा कम्यूटर एशोसिएन महासंघका केन्द्रीय सदस्य श्यामकल श्रेष्ठले विश्वसनीय तथा स्तरीय कम्प्यूटर शिक्षा प्रदान गर्ने संस्थाहरुलाई होलोग्राम वितरण गर्ने बताए ।

मकवानपुरमा प्रत्येक वर्ष विभिन्न इन्सिच्यूटमा ४ हजार विद्यार्थीले कम्प्यूटरको बेसिक तथा एड्भान्स तालिम लिने गरेका छन् ।