सिमभन्ज्याङमा हिमपात, पर्यटक बढ्ने अनुमान (भिडियो र फोटोसहित)

गुगलपाटी संवाददाता
२३ पुष २०७५ ०४:४४

हेटौंडा– मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा हिमपात भएको छ ।

आज विहानैबाट सिमभन्ज्याङ, दामनलगायतको स्थानमा हिउँ परेको प्रहरीले जनाएको छ । हिउँ परेसँगै दामन र सिमभन्ज्याङमा पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

हरेक वर्ष हिउँ परेसँगै पर्यटकहरु हिउँ खेल्न आउने हुँदा होटल व्यवसायी हर्षित भएका छन् । चिसो बढेसँगै यसवर्ष पहिलो पटक सिमभन्ज्याङमा हिउँ परेको हो । हरेकवर्षको जाडो याममा सिमभन्ज्याङमा हिउँ पर्ने गरेको छ ।

समुन्दी सतहदेखि  २४८८ मिटर उचाईमा रहेको सिमभन्ज्याङ, दामन, पालुङ क्षेत्रमा बाह्रै महिना चिसो हुने गर्दछ । हिउँ परेर चिसो बढेसँगै हिमाली भेगका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ ।

भिडियो हेर्नुहोस्

आज बिहानैदेखि दामनमा हिउँ परेपछि रमाउँदै आन्तरिक पर्यटकहरु ।

आज बिहानैदेखि दामनमा हिउँ परेपछि रमाउँदै आन्तरिक पर्यटकहरु ।

Gepostet von Google Pati am Sonntag, 6. Januar 2019