अब हेटौंडा उपमहानगरपालिमै खाद्य परीक्षण प्रयोगशाला
गुगलपाटी संवाददाताहेटौंडा–हेटौंडा उपमहानगरपालिकाले स्थापना गरेको खाद्य परिक्षण प्रगोगशालाको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
दैनिक उपभोग्य खाद्यपदार्थहरु खानपानका लागि उपयुक्र्त भए नभएको परिक्षण गर्न उपमहानगरपालिकाले प्रयोगशालाको स्थापना गरेको हो ।
प्रयोगशालाको उद्घाटन गर्दै मेयर महतले उपभोग्य बस्तुको गुणस्तरियता जाँच गर्न र जिल्लाबासीले कुनैपनि अखाद्य वस्तुको प्रयोग गर्नु नपरोस भन्नका लागि प्रयोगशाला आवश्यक रहेको बताए । खाद्य प्रयोशालाको लागि यस वर्ष २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र आवश्यक परेको खण्डमा बजेट उपलव्ध गराउने उनले जानकारी दिए ।
उपमहानगरकी खाद्य परिक्षक एलिना न्यौपानेका अनुसार पानी,मासु, मिठाई र खाने तलेको परिक्षण हुने भएको छ । प्रयोगशालामा व्यक्तिगत र संस्थागत सम्पूर्ण खाद्य वस्तु परीक्षण गर्न ल्याउन सकिने उनको भनाई छ ।
प्रयोगशालाबाट विशेषगरी खाद्य अनुगमन टोलीले ल्याएको नमुनाहरू परीक्षण गर्ने बताईएको छ ।