हेर्नुस् प्रधानमंत्रीले बाराको सिमरामा पुगेर केको शिलान्यास गरे
गुगलपाटी संवाददाता सिमरा(बारा)प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिमरामा निर्माणाधिन विशेष आर्थिक क्षेत्र (सेज)को शिलन्यास गरेका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित विशेष आर्थिक क्षेत्रको ‘ए’ व्लकमा निर्माणाधिन ‘गार्मेन्ट प्रशोधन क्षेत्र’ शिलन्यास गर्न हेलिकोप्टर मार्फत बारा आएका प्रधानमन्त्री ओलीले सरकारले विशेष आर्थिक क्षेत्रको निर्माण समयमै सम्पन्न गरि वैदेशिक लगानी भित्राउने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । निर्यातजन्य कपडा उद्योग स्थापनाको वातावरण बनाउने उद्देश्यले बारामा निर्माणाधिन ‘गार्मेन्ट प्रशोधन क्षेत्र’ समयमै निर्माण सम्पन्न गरेर लगानीमैत्री वातावरण निर्माण भएको सन्देश प्रवाह गर्न आफू आतुर रहेको प्रधानमन्त्री ओलीले बताए ।
उद्योगमन्त्री मातृका यादव र भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री रघुविर महासेठ सहित बारा आएका प्रधानमन्त्रीले आगामी चैत्र २३ देखि हुन लागेको आफ्नो भारत भ्रमण उपलव्धिमुलक हुनेमा विश्वस्त रहन आग्रह गरे । भारत र चिन दुबै मित्रराष्ट्रसंग समान सम्बन्ध विस्तार गरि मुलुकलाई समृद्ध बनाउने दिशामा आँफू हिडेकाले मुलुकको हित र विकासका काममा कसैसंग गलत सम्झौता नगर्ने जीकिर गरे । कार्यक्रममा प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउत, प्रदेश सभाका सदस्य सुन्दर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमूख डा. कृष्ण पौडेल लगायतले सम्बोधन गरेका थिए ।