थारु समुदायले हेटौंडामा माघी महोत्सव मनाउने
गुगलपाटी संवाददाताहेटौंडा– थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाईने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १ गते प्रथम थारु तथा माघी महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिईएको हो ।
थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिए ।
महोत्सवमा थारु सस्कृतिको पहिचानको रुपमा रहको थारु नाच, थारु जातीको इतिहास समेटेका विषयहरु, हस्तकला, थारु खानाको विशेष परिकारहरु रहने थारु कल्याणकारी सभाका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।
महोत्सव सञ्चालन गर्न ४ लाख ५ हजार खर्च लाग्ने र ५ हजार जनाले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । थारु समुदायले विशेष महत्वसाथ मनाउने गरेको माघी पर्वको दिन सार्वजनिक विदा दिन समेत थारु काल्याणकारी सभा मकवानपुरले माग गरेको छ ।