कांग्रेस तीन नेताले बाँडे विद्यार्थीलाई कपडा र स्टेशनरी
गुगलपाटी संवाददाताहेटौंडा– कांग्रेस मकवानपुरका तीनजना नेताहरुको आर्थिक सहयोगमा मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो ।
कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवम् कांग्रेस नेता उत्सव ईटेनीले एकसय ५० विद्यार्थीहरुलाई न्यानो कपडा तथा आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराएका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम थिङको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा सामग्री वितरण भएको हो । जाडोमा लगाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, कांग्रेस नेता शंकर न्यौपाने, तरुण दल अध्यक्ष ईश्वर पाठक, महिला संघ सचिव निलम देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।