हेटौँडामा थारु माघी महोत्सव हुने
गुगलपाटी संवाददाताहेटौँडामा प्रथम थारु माघी महोत्सव हुने भएको छ । माघ १ गते सङ्क्रन्तिका दिन विभिन्न कार्यक्रम गरी थारु माघी महोत्सव मनाईने आयोजक समितीले जनाएको छ ।
थारु माघी महोत्सव २०७५ मूल आयोजक समारोह समिती, मकवानपूरको आयोजनामा कार्यक्रम हुने मूल आयोजक समारोह समितीका अध्यक्ष हरिलाल चौधरीले बताए ।
धर्म र संस्कृतीको जर्गेना गर्नु हाम्रो कर्तव्य हो, थारु जातीको धर्म,संस्कृती, भेषभूषा, रहनसहन र खानपानका बारेमा जानकारी गराउन यो कार्यक्रम गरिने बताउनु भयो ।
हेटौँडा स्थित एस एस फूड ल्याण्डमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम बारे जानकारी दिइएको हो ।
माघ १ गतेका दिन माघी पर्वको ¥याली बासुदेब सभा गृहबाट सुरु गरीने शुरु गरिने र नगर परिक्रमा गर्ने जनाएको छ र दिनको १ बजे हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतद्वारा बासुदेव सभाहलमा हुने महोत्सवको उदघाटन गरिने र थारु परिकारको समेत प्रदर्शन गरिने थारु काल्याणकारी समाजका मकवानपुर सचिव चन्द्रकान्त चौधरीले बताए ।