हेटौंडाबाट बरामद भयो १३ लाखको अबैध कपडा
गुगलपाटी संवाददाताहेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब १३ लाख रुपियाँ बराबरको अबैध कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको टोलीले मंगलबार दिउँसो २ बजेको समयमा हेटौंडा–४ स्थित नन्दस्थान रोडबाट अबैध कपडा बरामद गरेको हो ।
भन्सार छलेर चोरी पैठारी गरी विक्री वितरण गर्नका लागि लुकाई छिपाई राखेको अवस्थामा सातवटा प्लाष्टिकको बोाराभित्र रहेका साडी, कुर्ता तथा कोटका कपडाहरु बरामद गरिएको हो ।
कपडाको बजार मूल्य अनुसार करिब १३ लाख २४ हजार रुपियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उक्त कपडाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ । पछिल्लो समय हेटौंडा भएर भन्सार छलेर ल्याइएको कपडा चितवन तथा काठमाडौं पु¥याइने गरिएको छ ।