म डराएको हैन, यस्तो जवरजस्ती लादिने प्रकारको कार्यक्रम मैले पहिलोपटक महशुस गर्दैछु : राजेशपायल राई

गुगलपाटी संवाददाता काठमाडौं
२ माघ २०७५ ०९:०५

हङकङमा सम्पन्न ‘भद्रकला एकल साँझ’मा आयोजक र गायक राजेशपायल राईबीचको असमझदारीले दर्शकहरुलाई अन्योलमा पार्‍यो ।

‘न्याउली रोयो’ बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका राईले गीत गाउँदा गाउँदै आयोजकहरुले माईक्रोफोनको साउण्ड अफ गरिदिए ।

भद्रकला एकल साँझमा भद्रकलाद्धारा रचित गीतहरु मात्र प्रस्तुत गर्नुपर्नेमा राईले अरुका रचनामा आधारित गीत प्रस्तुत गरेकाले तनाव उत्पन्न भएको हो ।

तत्काल स्टेज छोडेका राजेशले केहि समयपछी उक्त गीतबाटै प्रस्तुती शुरु गरि भद्रकलाद्धारा रचित गीतहरुनै प्रस्तुत गरे ।

‘म डराएको हैन, यस्तो जवरजस्ती लादिने प्रकारको कार्यक्रम मैले पहिलोपटक महशुस गर्दैछु, आयोजकप्रति लक्षित गर्दै राईले भने जसको दिमागमा जति छ उसले त्यति नै प्रयोग गर्ने हो ।’ राजेशको हङकङमा सम्पन्न प्रस्तुती २७ औं हो ।

कार्यक्रममा गायक तथा संगितकार बादल लिम्बुले लगातार चारवटा भद्रकलाद्धारा रचित गीतहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।

बादलले ‘आमा’ बोलको गीत गाउँदा वातावरण स्तब्ध बनेको थियो । पहिलोपटक सांगितीक प्रस्तुतीका लागि विदेश भ्रमणमा रहेकी गायीका प्रविसा अधिकारी वाहवाहीकी पात्र बनिन ।

मौलिक भेषभुषामा सजिएकी अभिनेत्री मारिष्का पोखरेलको नृत्यले पनि पर्याप्त ताली पायो । दर्शकहरुको हुटिङ्बीच स्टेजमा उत्रिएकी मोडल तथा युट्युवर सोनिका रोकायले वातावरण तताईन, उनको मुक्तक र डान्सले वान्समोर पायो ।

कार्यक्रममा भद्रकलाको एकल रचनामा तयार पारिएको एल्बम ‘माया’ विमोचन गरिएको थियो ।

याउमा तेई स्थित कम्युनिटी हलमा सम्पन्न कार्यक्रम भद्रकला आईबुहाङ् राईद्धारा रचित गीतहरुको एकल साँझ गरिएको हो ।

विगत लामो समयदेखि समाजसेवा र गीत रचनामा समर्पित भद्रकलाले दुईसय बढि गीतहरु लेखिसकेकी छिन् ।

कार्यक्रमबाट उठेको रकम लामो समयदेखि विरामी भएर थलिएका नितेश लिम्बु र सविता मिजारको उपचारमा खर्च गरिने आयोजक भद्रकलाले बताईन ।