विकासलाई गति दिन नसके परिवर्तको औचित्य हुँदैन : प्रचण्ड
गुगलपाटी संवाददाता (बाग्मती)मकवानपुर,माघ २नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बर्तमान राज्य सञ्चालन प्रणालिले विकासलाई गति दिन नसके परिवर्तन र सहिदहरुले बगाएको रगतको औचित्य नहुने बताएका छन् । मकवानपुरको बाग्मती गाउँपालिकाको नवनिर्मित भवन आज उद्घाटन गर्दै उनले भने, ‘परिवर्तनको औचित्य पुष्टि गर्न हामीले संविधान कार्यान्वयनसँगै देश विकासलाई अघि बढाउन सक्नुपर्छ ।’
नेपालको संविधानले युवाहरुलाई रोजगारी, बिरामीको उपचार र बालवालिकाको पढाईमा नागरिकको अधिकार स्थापित गरेको दाहालले बताए । ‘यी सेवाहरु नपाएमा राज्य बिरुद्ध अदालतमा मुद्धा हालेर पनि आफ्नो अधिकार लिन सकिने ब्यवस्था छ’, उनले भने । संविधानले नागरिकका मौलिक हकहरुलाई सुनिश्चित गरेकाले अब यसको कार्यान्वयनमा जोड दिनुपर्ने दाहालको भनाई छ ।
साथै उनले लालपूर्जा बिहिन किसाहरुलाई छिट्टै लालपूर्जा बितरणको पहल भइरहेको बताए । मकवानपुरको पूर्वी बाग्मती गाउँपालिकामा इलाका प्रशान कार्यालय स्थापना र बाग्मती खोलाले कटान गरेको जमिन संरक्षणको लागि स्थानीयले गरेको मागप्रति आफु सकरात्मक रहेको समेत उनले बताए ।
अध्यक्ष दाहालले बाग्मती गाउँपालिका–४ स्थित झुरझुरे सहिद पार्कको सिलान्यास र दोस्रो बाग्मती गोल्डकपको उद्घाटन पनि गरे ।
दोस्रो बाग्मती गोल्डपक फुटव उद्घाटन गर्दै अध्यक्ष दाहालले खेलकुद देशको आर्थिक विकास र पर्यटनको महत्वपूर्ण माध्यम भएको बताए ।
प्रतियोगितको उद्घाटन कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी,ओम घलान लगायतको उपस्थिती रहेको थियो ।