औषधि खरिद ठप्प, बिरामीले सिटामोलसमेत पाएनन्
गुगलपाटी संवाददाताकाठमान्डौँ ÷१९चैत
अन्नपूर्ण पोस्ट दैनिकले आज स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको लेखेको छ ।
केन्द्रमा औषधि खरिदका लागि सरकारले एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ महिनादेखि विनियोजित रकम खर्च गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई अख्तियारी दिएको छैन । विभाग अहिले निमित्तको भरमा चलिरहेको छ । निमित्त महानिर्देशकलाई पाँच लाख रुपैयाँसम्मको मात्र अख्तियारी हुन्छ । सबै जिल्लामा औषधि खरिद प्रक्रिया ठप्प हुँदा औषधि अभाव हुन थालेको हो ।
डेढ महिनायता विभागले औषधि खरिदका लागि न्यूनतम रकम पनि पठाउन नसक्दा जिल्ला अस्पतालमै औषधि अभाव छ । बजेट पठाउने अख्तियारी नपाउँदा सर्वसाधारण निःशुल्क औषधि पाउनबाट वञ्चित छन् ।
नागरिक दैनिकमा पनि स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन हुँदा देशभर औषधि र खो अभाव भएको समाचार छ । नागरिक लेख्छ– स्वास्थय सेवा प्रवाहको प्रमुख निकाय स्वास्थय सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र खोपको अभाव हुने अवस्था आएको छ ।