हेटौडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने

गुगलपाटी संवाददाता
१९ चैत्र २०७४ ०२:०१

मकवानपुर÷१९ चैत्र
हेटौडामा कृषिउपज थोकबजार निर्माणको लागि गुरुयोजना निर्माण हुने भएको छ। मकवापनुरका कृषकले कृषि उत्पादनको बजार र उचित मुल्य नपाउने समस्यालाई समाधान गर्नपनि हेटौडामा थोकबजार आवस्यक देखिएको हो । २०७० सालदेखिनै ब्यवस्थित थोक बजार निर्माको लागि समिति निर्माण गरेर जग्गाको समेत निर्माण भएपनि हालसम्म पनि बजार निर्माणको तयारी अगाडि बढ्न सकेको छैन । कृषि उपज थोकबजार ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहालका अनुसार २०७० सालमा उपमहानगरपालिकाले हेटौडा ११ मा रहेको जमिनमा थोकबजार निर्माण गर्न निनर्णय गरेको थियो । तत्कालिन समयमा थानाभर्याङमा रहेको ४ बिगाहा १९ कठ्ठा १२ धुर जमिनमा थोक बजार निर्माण गर्ने निणय भएको उहाँले जानकारी दिनुभयो । उपमहानगरपालिकाले निणय गरेको जमिनमा हाल ट्र्रक पार्किङ भइरहकेो छ। इस्तै २०७३ सालमा सरोकारवाला सवैको सहभागितामा भएको गोष्ठीले पनि तत्काल बजार निर्माण र्ने प्रस्ताव गरेको थियो ।तर हालसम्म पनि थोक बजरा निर्माणको लागि जग्गाको निक्र्याैल हुन सकेको छैन । समृद्ध समाजमा खबर छ।