जिन्दगीभरि जेलमै बस्ने भए राम रहीम
गुगलपाटी संवाददाता काठमाडौंसाध्वी बलात्कार मुद्दामा बीस वर्षको कारावास सजाय काटिरहेका गुरमीत राम रहीमलाई अब वर्षको गणनाको अर्थ रहेन ।
पत्रकार रामचन्द्र प्रजापतिको हत्या मामिलामा पञ्चकुलाको सीबीआई अदालतले उनलाई जन्मकैदको फैसला सुनाइसकेको छ ।
सजायको खबर उनलाई जेलमै दिइएको थियो । कैदी नम्बर १९९७ का रूपमा सजाय काटिरहेका राम रहीमले जन्मकैदको सजाय पनि भोग्नुपर्ने भएको हो ।
सन् २०१७ मा जेल गएका राम रहीमको आँखामा चमक थियो । कपाल कालो र चाल जवान थियो । तर जेलमा बस्दा उनको आँखामा उदासी देखिन्छ । अनुहारमा चाउरी परेको छ । दाह्री र कपाल सेतो छ भने ढाड कुप्रिएको छ । उनलाई चिन्न नै मुश्किल पर्न थालेको छ ।
अब उनले जेलमा नै जिन्दगी काट्नुपर्ने भएको छ । उनका अन्य कर्तूतको पनि हिसाब हुन बाँकी छ ।
बिहीवार राम रहीमलाई सीबीआईको विशेष अदालतले भिडियो कन्फेरेन्समार्फत सजाय सुनाएको हो । पत्रकार रामचन्द्र छपत्रपतिको हत्याको मामिलामा सीबीआईका वकिलले मृत्युदण्ड मागेका भए पनि अदालतले १४ वर्षको सजाय दियो ।
सन् २००२ को अक्टोबर २४ मा दिउँसै बाइकमा चढेका दुई बन्दूकधारीले छत्रपतिमाथि पाँच गोली हानेका थिए । त्यसै वर्षको नोभेम्बर २१ मा छत्रपतिको मृत्यु भएको थियो । अदालतले राम रहीमको जन्मकैदबाहेक तीन सहयोगीलाई पनि जन्मकैदको सजाय दिएको छ । एजेन्सी