प्रदेश तीनको नाम नेवा ताम्सालिङ नराखे देश द्वन्दमा (फोटो फिचर)
गुगलपाटी संवाददाता हेटौंडा,४ माघआदिवासी जनजातिहरुले तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ नराखिए देश द्वन्दमा फस्ने चेतावनी दिएका छन् । आज हेटौंडामा र्याली सहित सभा गर्दै उनीहरुले तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिन नराखिए बिद्रोहको घाउ रोपिने चेतावनी दिएका हुन् । हेटौँडा बजारमा भएको ¥यालीपछिको कोणसभामा बोल्दै आदिवासी जनजातिका नेताहरुले प्रदेश तीनको नाम पहिचानको आधारमा नेवा ताम्सालिङ राख्न दवाब दिएका हुन् ।
नेपाल आदिवासी जनजाति महसांघका उपाध्यक्ष गोबन्द छन्त्यालले महेन्द्रबादी गन्ध बोकेको नाम आफुहरुलाई मान्य नहुने बताए । नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले राजनीतिक दलहरुले आदिवासी जनजातिसँग गरेको सहमति पालना गर्नुपर्नेमा जोड दिए । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजि शेर्पाले आदिवासी जनजातिको संघर्षबाट प्राप्त उपलब्धीहरु नष्ट गर्ने अभियानमा लागेका कमल थापाहरुलाई नेवा ताम्सालिङको कारागारमा जेल हाल्नसक्ने वातावरण बनाउनुपर्ने बताए । तीन नम्बर प्रदेशको नाम नेवा ताम्सालिङ राख्न तीन नम्बर प्रदेशसभाका सांसदहरुले एक्येबद्धता जनाए ।
तीन नम्बर प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान,ओम घलान,प्रेम बहादुर पुलामीले एक्यबद्धता जनाएका हुन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कमान सिं लामा र नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष परर्शुराम तामाङले पहिचानबादी नेताहरु नै सत्तामा हुँदा पनि जनजातिको भावना नसमेटिए अर्को चुनावमा त्यसको परिणाम देखिने बताए । र्यालीमा बिभिन्न १६ आदिवासी जनजाति समुदायको सहभागिता रहेको थियो ।