निर्मला पन्तको डीएनए परीक्षण नै शंकाको घेरामा
गुगलपाटी संवाददाताकाठमाडौं– निर्मला पन्तको बलात्कार र हत्यका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षण्को प्रक्रिया नै त्रुठिपूर्ण भीएको आशंका गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तयार पारेर गत आइतबार बुझाएको प्रतिवेदनले प्रहरीको विधि विज्ञान प्रयोशालामा गरिएको परीक्षणको वैधतामाथि नै प्रश्न उठाएको हो ।
प्रतिवेदनले उक्त प्रतिवेदनबाट हाल निकालिएको नतिजाका आधारमा मात्रै अपराधी किटान सम्भव नहुने तर्कसमेत गरेको छ ।