न्यानो कपडा पाउँदाको यो खुसी

धिरज ढकाल
६ माघ २०७५ ०२:४७

 हेटौडा – माघको ठिराउँदो जाडो , लेकको विद्यालय, अनि न्यानो लगाउने न्यानैमा बस्ने विपन्न बालबालिकाको आशा । हातमा कितावको सुनौलो अक्षर चिनेर शिक्षीत बन्ने सपना बोकेर फुटेको पैतालाको डोराले भाग्यको रेखा कोर्न हिडेका कलिला बालबालिका , स्थान मकवानपुर गढी गाँउपालिकाको निकै विकट क्षेत्रमा रहेको बुढीचौरको रुपनारायण मा.वि ।

स्थानीय निकै विपन्न तथा दलित विद्यार्थीहरुलाई न्यानो कपडा बोकेर मकवानपुरको सदरमुकाम तथा प्रदेश ३ को राजधानी हेटाँैडाबाट जब कपडा तथा तयारी पोशाक ब्यवसायी संघका प्रतिनिधि तथा ब्यवसायीहरु पुगे , ति बालबालिकाहरुको मुहारमा नयाँ न्यानो कपडाको भन्दा सुन्दर र न्यानो मुस्कान देखियो ।

मकवानपुर गढी गाँउपालिकाको अध्यक्ष बिदुर हुमाँगाईको प्रमुख आतित्यथतामा शनिबार बुढ्रीचौरका गरीब , विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । रुपनारायण माविको प्राङगणमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष समिरलाल डंगोलले जाडो महिनामा न्यानो लुगाको अभावमा विद्यालय जानबाट बञ्चित हुनबाट रोक्न सहयोग गर्ने बताए ।

मकवानपुरगढी गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष कुमारसिं घिसिङ, कपडा तथा तयारी पोशाक व्यवसायी संघका उपाध्यक्ष रविन्द्र घिमिरे, महासचिव तेजराज अधिकारी, कोषाध्यक्ष नेत्र प्रसाद खतिवडा, सदस्य जंग बहादुर बस्नेत, सदस्य पवन दुुलाल, लियो क्लब अफ मकवानपुर अध्यक्ष प्रसान्त खतिवडालगायतको कार्यक्रममा उपस्थिति थियो ।