२ वर्षको बच्चाको सकुसल उद्धारका लागि पूरै स्पेनले प्रार्थना गर्दै
गुगलपाटी संवाददाता काठमाडौंस्पेनवासीहरू एक दुई वर्षीय बच्चाको कुशलक्षेमका लागि प्रार्थना गरिरहेका छन् । खेल्दै गर्दा जुलियन रोसेलो १०० फीट तल इनारमा खस्यो ।
अघिल्लो हप्ताको शनिवार इनारमा खसेको बच्चाको उद्धार कार्य जारी छ । इनारमा ड्रिल गरेर सुरुङ बनाइएको छ । रोसेलोलाई निकाल्नका लागि सुरुङ बनाइएको हो ।
दक्षिणी स्पेनको मालागा शहरमा बालबालिका आफ्ना मातापितासँग बसेर दिवाभोज गर्दै गर्दा रोसेलो खेल्ने क्रममा इनारमा खसेको हो । इनारमा असुरक्षा छ भनी जनाउने कुनै चिह्न थिएन र ऊ खेल्दाखेल्दै त्यहाँ पुग्यो ।
शनिवार जोइन्ट ड्रिलिङ मशिन प्रयोग गरेर रोसेलोलाई निकाल्ने प्रयास भइरहेको छ । उद्धार अभियान सञ्चालन गरिरहेका इन्जिनीयर ग्रेसिया विडल भन्छन्, ‘उद्धार अभियान पूर्ण शक्तिका लागि अघि बढिरहेको छ र हामी आशावादी छौं ।’
उद्धारटोलीका अनुसार, ड्रिलिङपछि दिनको लगभग १५ घन्टा समय उद्धारमा खर्च भइरहेको छ ।
तर उद्धार टोलीका एक सदस्यले बच्चालाई जिउँदो निकालिने सम्भावना कमै रहेको बताए । प्रशासनले निर्माण कम्पनीलाई सुरक्षा मानक अपनाउने विषयमा सोधपुछ गरेको छ ।
बालक रोसेलोका लागि स्पेनले प्रार्थना गरिरहेको छ । उसका मातापिताका लागि यो ठूलो आघातको घटना हो किनकि उनीहरूको अर्को बच्चा सन् २०१७ मा मुटुरोगका कारण मरेको थियो ।
बच्चाको उद्धारका लागि विज्ञटोलीका साथै स्थानीयहरूले पनि हरसम्भव सहायता गरिरहेका छन् ।