शिष्टाचार सिकाउन दुई महिने कोर्स
गुगलपाटी संवाददाता काठमाडौंटर्कीको सबैभन्दा महत्वपूर्ण शहर इस्तानबुलको नगरपालिकाले महिलालाई शिष्टाचार सिकाउनका लागि नियम बनाएसँगै विवादमा तानिएको छ । यसमा सभ्य महिलालाई आइसक्रिम चाटीचाटी नखान भनिएको छ । नगरपालिकाले जारी गरेको यस्तो नियमलाई मानिसहरुले भद्दा व्यवहार र महिलाको स्वतन्त्रतामाथिको हमलाको संज्ञा दिएका छन् । सोसल मिडियामा यस्ता नियमको विषयमा विशेष बहस नै चलिरहेको छ ।
दुई महिनाको कोर्सः
इस्तानबुलको बागसिलर नगरपालिकाले महिलालाई शिष्टाचार सिकाउनका लागि दुई महिनाको कोर्स सार्वजनिक गरेको छ । यससँग जोडिएका जानकारका अनुसार लेक्चरमार्फत युवतीलाई सार्वजनिक स्थानमा कस्तो व्यवहार गर्ने भनेर सिकाइन्छ ।
नगरपालिकाका अनुसार इस्तानबुलका सभ्य महिलालाई पारम्परिक लोकाचारबारे थाहा हुनुपर्छ । यो कोर्समा महिलालाई विनम्र हुन, भान्छामा काम गर्नेलगायताका क्रियाकलाप सिकाइन्छ । उक्त नियममा महिलाले पूरा मुख खोलेर बोल्न नहुने पनि बताइएको छ ।
नगरपालिकाको नियमका कारण सोसल मिडियामा ठूलै बहस निम्तिएको छ । एक समूह ‘लेडीज गाइड’ले भनेको छ, ‘ठिक छ महिलाले आइक्रिम चाट्नु हुँदैन । तर रिपोर्टमा आइक्रिम कोनको आनन्द लिनु किन खराब मानिएको हो, त्यसबारे भने जानकारी दिइएको छैन । सबैभन्दा आश्चर्यको कुरा के छ भने मानिसहरुले महिलाले आइक्रिस खाँदा पनि तौर तरिका अपनाओस् भन्ने आशा राख्छन् ।’
ट्वीटरमा एक व्यक्तिले सोधे, ‘आइसक्रिम खानुको सही तरिका के हो रु ?
अर्का प्रयोगकर्ताले लेखे, ‘के पूरै आइसक्रिमलाई मुखमा अटाउन कोसिस गर्ने हो कि अरु केही गर्ने ? ’
अन्य व्यक्तिले भने, ‘हामी त आइसक्रिम चाटेरै खान्छौं, यसमा सल्लाह दिने कोसिस नगर्नुहोस् ।’
बसमा यात्रा गर्दा लामो कुरा नगर्नुहोस्ः
नगरपालिकाको नियममा महिलाको चुइंगम चपाउने बानी पनि खराब बताएको छ । साथै बसमा यात्राका बेला फोनमा लामो कुराकानी गर्ने र भद्दा शब्दको प्रयोग गर्न नहुने बताइएको छ । पुरुषसँग पहिलो पटक भेट्दा महिलाले उनीहरुको विवाह भयो वा कति सन्तान छन् भन्ने कुरा पनि सोध्न नहुने बताइएको छ ।
महिलालाई तालिम दिनका लागि गणितकी लेक्चरर अर्जु अरदालाई बोलाइएको छ । अरदा भन्छिन्, ‘शिष्टाचार नै हाम्रो धर्म, परम्परा र संकृतिलाई बढाउँछ । शिष्टाचार र विनम्रता समाजमा कम भइरहेको छ । आशा छ कि यस्तो स्थितीमा परिवर्तन आउनेछ ।’