बरिष्ठ हाँस्य कलाकार मदनकी पत्नीको निधन
गुगलपाटी संवाददाता काठमाडौंवरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको निधन भएको छ ।
उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।
उनको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिए ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनको जन्म भएको थियो ।
३५ वर्षअघि २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३-४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।