सोनाम ल्होसार सांस्कृतिक कार्यक्रम गरी मनाईने
गुगलपाटी संवाददाताहेटौंडा– सोनाम ल्होसारको अवसरमा गोले वंश उत्थान समाज मकवानपुरले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै माघ २६ गते सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार मनाउन लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा गोले वंश समाजका केन्द्रीय सदस्य शुभरत्न गोलेले गोले वंशहरुको बीचमा रहेको प्रतिभाको प्रष्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रमलाई सभ्य एवम् भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिको निर्माण गरिएको गोले वंश उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोलले जानकारी दिए ।
कार्यक्रममा गोले वंश उत्थान समाजका जिल्ला सदस्यहरु कुमार गोले, आकाश गोलेलगायतकाको उपस्थिति रहेको थियो । २८५५ औँ सोनाम ल्होसार मनाउनको लागि अध्यक्ष राजकुमार गोलेको संयोजकत्वमा ५१ सदस्यीय समिति समेत गठन भएको छ । कार्यक्रम सम्पन्न गर्न २ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत भएको रकमले कोष स्थापना गरी गोले समाजसंग आवद्ध रहेका आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।