हेटौंडाका दैनिक पत्रिकाः प्रदेश ३ का १० जनप्रतिनिधि प्रहरी खोरमा
गुगलपाटी संवाददाताकानुनले कसैलाई छाड्दैन, चाहे राष्ट्र प्रमुख नै किन नहुन् । आपराधिक क्रियाकलापमा संलग्न जोकोहीलाई पनि प्रहरीले पक्राउ गर्न सब्छ । स्थानीय तह र प्रदेश/प्रतिनिधिसभा निर्वाचनबाट देशभर ३५ हजार ९ सय २४ जना जनप्रतिनिधि निर्वाचित भए ।
जनताको विश्वास जितेर जनताकै सेवाको लागि निर्वाचित जनप्रतिनिधिबारे अहिले व्यापक चर्चा हुने गरेको छ । आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा अहिले ३ नम्बर प्रदेशका १० जना जनप्रतिनिधि प्रहरीको हिरासतमा रहेका छन् ।
देशभरबाट विभिन्न समयमा विभिन्न अपराधमा ६९ जना जनप्रतिनिधि पक्राउ परेकोमा प्रदेश ३ बाट १० जना रहेका छन् । आजको हेटौंडा सन्देशले आज पहिलो पृष्ठमा समाचार छापेको छ ।
आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो पहिलो समाचार बनाएर छापेका छन् ।
मकवानपुरमा धान उत्पादन बढ्यो, प्रदेशले गाउँ र नगरबीच विभेद गरेको आरोप, क्षयरोगका १०८ जना नयाँ बिरामी फेला, एक महिलालाई आत्मनिर्भर बनाउन सहकारीलगायतका समाचार आजका पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।
हेर्नुहोस् ४ वटा पत्रिकाको पहिलो पृष्ठ