५ लाख रुपैयाँ नगद जलेर नष्ट

गुगलपाटी संवाददाता विराटनगर
७ माघ २०७५ ०७:४९

 संखुवासभाको चैनपुर नगरपालिका–७, आमबोटेमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ।

आइतबार राति भएको आगलागीमा स्थानीय सोममाया तामाङको तीन तले घर, अन्नपात, लत्ताकपडा, काठपात तथा १ तोला सुन र ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगलागीको कारण खुलेको छैन।