महिला हिंसा बिरुद्ध ओर्लियो जनसागर

गुगलपाटी संवाददाता वीरगन्ज
२० चैत्र २०७४ ०८:४७

बलात्कार लगायत यौंन जन्य घटनामा पर्सा लसहित यसआसपासका जिल्लामा समेत बढोत्तरी आएपछि मंगलबार वीरगन्जमा एक ¥यालीको आयोजना गरिएको छ ।
स्थानीय घण्टाघरमा आयोजित कार्यक्रममा सयौं स्थानीयहरुको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा र महिला अधिकारीहरुवादीहरुको अगुवाईमा निकालिएको उक्त ¥यालीमा वीरगन्जका सबैजसो समूहका ब्यक्तिहरुको सहभागिता रहेको थियो । महिला हिंसा तथा बलात्कार जन्य कृयाकलापमा बढोत्तरी आएको भन्दै सामाजिक जागरण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पर्साका प्रहरी उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिए ।
बलात्कार तथा महिला हिंसाका घटना सामाजिक बिकृतिको रुपमा बढेको भन्दै प्रहरीकै समन्वयमा कार्यक्रम गरिएको पनि उनले बताए । खासगरी मधेशका जिल्लाहरुमा चेलीहरुलाई पढाउनुपर्छ भन्ने धारणाको बिकास कम भएको पाइएका कारण पनि यस्तो चेतना कार्यक्रम संचालन गरिएको अधिकारवादीहरुले बताएका छन् । पर्सामा महिला अधिकारवादीहरुको पक्षमा झण्डै एक दर्जन सामाजिक संस्थाहरु कृयाशिल रहेपनि जिल्लामा हिंसाका घटना बढेकोमा भने चिन्ता जनाउन थालिएको छ । पछिल्लो समय पर्साको एक गाउँपालिकामा कि एक दश बर्षीय बालिका बलात्कारको शिकार भएपछि सामाजिक अगुवाहरु यस बिरुद्ध कृयाशिल भएका हन् । कार्यक्रममा सहभागीहरुले बलात्कारीलाई फाँसी कै सजायँ हुनुपर्ने माग गरेका छन् भने चेलीबेटीहरुलाई पढाउनु पर्नेमा पनि जोड दिएका छन् ।